भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

 चैत १२, २०८० सोमबार १५:४:३४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै 'द इकोनोमिक टाइम्स'ले जनाएको छ ।

तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन निर्वाह गर्न पुग्ने किसिमबाट हुनेछ । भारतले शुरु गर्न लागेको जीवन निर्वाह तलबको व्यवस्थालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले अनुमोदन गरेको पनि 'द इकोनोमिक टाइम्स'को खबरमा उल्लेख छ ।

न्यूनतम तलब र जीवन निर्वाह तलब काम लगाउँदा दिनुपर्ने सबैभन्दा कम तलब रहेकोले उस्तै देखिए पनि बजारमूल्य, आधारभूत आबश्यकता तथा बदलिँदो परिवेशलेसमेत असर गर्ने हुँदा कामदारका लागि लाभदायक हुने भारतीय अधिकारीको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया