इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयर ब्रिगिट गार्सियाको गोली हानेर हत्या

 चैत १२, २०८० सोमबार १८:२९:९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयर ब्रिगिट गार्सियाको गोली हानेर हत्या भएको छ । इक्वेडरको सान भिसेन्टे शहरका मेयर गार्सिया र सञ्चार निर्देशक जैरो लोरको गाडीभित्रै गोली हानेर हत्या भएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

२७ वर्षकी मेयर गार्सिया देशकै सबैभन्दा युवा राजनीतिज्ञ र लोकप्रिय मेयरको रुपमा चिनिनुहुन्थ्यो । उहाँ पूर्व राष्ट्रपति राफेल कोरेआको नेतृत्वमा भएको नागरिक क्रान्तिकी महत्वपूर्ण सदस्य पनि हुनुहुन्थ्यो ।

इक्वेडरले संगठित अपराधविरुद्ध लडाइँ लडिरहेको बेला गार्सियाको उदयलाई महत्वकासाथ हेरिएको थियो । इक्वेडरमा सरकारले २२ वटा समूहलाई आतंकवादी समूह घोषणा गरेर कारबाही गरिरहेको छ । सरकारलाई साथ दिए बापत आतंककारी समूहले नै मेयर गार्सियाको हत्या गरेको प्रहरीको अनुमान छ ।

यसअघि गएको जुनमा मन्टाका सहरका मेयर अगस्टिन इन्ट्रियागोको पनि हत्या भएको थियो । यस्तै राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भील्लाभीसन्सीको पनि गएको वर्षको अगस्टमा राजधानी क्विटोमा भएको राजनीतिक र्‍यालीमै गोली हानेर हत्या भएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया