संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदद्वारा पहिलोपटक गाजामा युद्धविरामको माग

 चैत १३, २०८० मंगलबार ६:४५:५६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक गाजामा युद्धविरामको माग गरेको छ ।  गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । बीबीसीका अनुसार अमेरिकाले भने  यस प्रस्तावमा भएको मतदानमा भाग लिएको छैन ।

चीनले हिजो गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी गराएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । यो प्रस्ताव तयार गर्न चीनलाई अल्जेरिया र अन्य अरब देशहरूले सघाएका खबरमा उल्लेख छ ।

गएको अक्टोबर ७ मा इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली हमलामा अहिलेसम्म ३२ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको युद्धविरामको प्रस्तावपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ ।

इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको अडानमा परिवर्तन आएपछि यो निर्णय गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया