नेपाल र आयरल्यान्ड ‘ए’ टोलीबीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज

 चैत १३, २०८० मंगलबार ९:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ (उल्भस) बीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

आजको खेल जितेमा नेपालले यो श्रृङ्खला जित्नेछ । नेपाल पराजित भएमा श्रृङ्खला एक/एकको बराबरी हुनेछ । गएराति परेको पानीले आज मैदान केही ओसिलो छ ।

यो श्रृङ्खलापछि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको गुजरात र बरोडासँग खेल्न भारत जानेछ ।

यता नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तीन टी–२० र एकदिवसीय खेल खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया