विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पु...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कतारको बन्दीगृहमा रहेका १७ जना नेपाली श्रमिकले आममाफी पाएका छन् ।
कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर केही कैदीहरुलाई आमामाफीको घोषणा सर्वजनिक गरेका थिए । जसअन्तर्गत बन्दीगृहमा रहेका १७ नेपाली नागरिक पनि रिहा भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
रिहा हुनेमा १३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना रक्सी सेवन र अर्का १ जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए ।