इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा गएका १० प्रतिशत नेपाली श्रमिकले स्वदेश फर्किनु सुरक्षित ठानेको एक अध्ययनले देखाएको छ । आप्रवासी समन्वय समिति पीएनसीसीले गरेको अध्ययन प्रतिवेदन ‘नेपाली आप्रवासी श्रमिकलाई कोभिड १९ ले पारेको असर : फिर्ति र पुनःएकीकरणमा पीएनसीसीको सहायता’ ले यस्तो देखाएको हो ।
महामारीको बेला पीएनसीसीले उद्धार तथा सहयोग गरेकामध्ये १० प्रतिशत श्रमिकले आफ्नै गाउँठाउँमा सुरक्षित भइने ठानेर नेपाल फर्किएको बताएका प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्ययनमा सहभागी गराइएका मध्ये ४१ प्रतिशतले महामारीको समयमा जागिर गुमाउनुपरेकाे र २५ दशमलव ६ प्रतिशतले काम गरेको तलब समेत नपाएकाे बताएका छन् ।
नेपाली श्रमिकका प्रमुख ४ गन्तव्य देश मलेसिया, साउदी, यूएई र कतारमध्ये काेराेनाका कारण सबैभन्दा बढी कतारमा रहेका नेपाली प्रभावित भएकाे पनि अध्ययनले देखाएकाे छ । यस्तै कतारपछि क्रमश: साउदी, यूएई र मलेसियामा रहेका नेपाली श्रमिक प्रभावित भएका छन् ।