नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
सरकारले वैधानिक बाटो नखुलाएपछि पर्यटक र विद्यार्थी भिसाका नाममा हजारौँ महिला गैरकानुनी बाटो हुँदै घरेलु श्रमिक हुन विदेश गइरहेका छन् । अवैधानिक रूपमा जाँदा जोखिम हुनुको साथै रोजगारदाता र काम गर्ने देशबाट प्रदान गरिने सेवा सुविधाबाटसमेत बञ्चित हुनुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाने महिलाका लागि वैधानिक बाटोसँगै भाषा, सिपमूलक तालिम, फर्केर आएकाहरूका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनस्र्थापना, पुनःएकीकरण र समायोजन, रेमिट्यान्सको सही लगानीलगायत विषयमा पनि सरकारले ध्यान दिनु जरुरी छ । रेडियो कार्यक्रम देश परदेशको अंक ६०२ यसै सन्दर्भमा केन्द्रित छ । आजको अंकमा वैदेशिक रोजगारीमा रहेका महिला र विदेशबाट फर्किएर आएका महिला श्रमिकको अवस्था, चुनौती र समस्या समाधान उपायको विषयमा वैदेशिक रोजगारबाट फर्किएकी पौरखी नेपालकी कार्यकारी समिति सदस्य सुजना रानासँगको कुराकानी समावेश छ ।