एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी
मंसिर २७, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देशपदेशको अंक ३४४ मेहनत गर्ने हो भने गाउँठाउँमा पनि परदेशमा जतिकै कमाउन सकिने बाटाहरु थुप्रै छन् र धेरै युवाले गाउँमै कमाईरहेका छन् भन्ने बिषयमा केन्द्रित छ । निकै कोसिस गर्दा पनि कोरिया जान नपाएपछि आफैं व्यवसाय थालेका र अहिले अरुलाई समेत राजगारी दिईरहेका झापाका सन्देश रिजालका कुरा कार्यक्रममा सुन्न सकिन्छ । कार्यक्रममा अलैची, अम्रिसो र मौसमअनुसारको तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका इलामका सागरनाथ र उहाँकी श्रीमती लक्ष्मी दाहालसित गरिएको खेतीपाती र आम्दानीका कुरा पनि समावेश छ । मौसम अनुसारको उत्पादन र बजार व्यवस्थापन कसरी गर्न सकिन्छ त भन्ने विषयमा कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुभव र सुझावसँगै श्रीमान् विदेश नपठाउने संखुवासभाकी मनकुमारी राईका कुरा पनि कार्यक्रम देशपरदेशमा सुन्न सकिन्छ ।