जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ३७७ औं वैदेशिक रोजगारी र व्यापार घाटाको सम्बन्ध तथा व्यापार घाटा घटाउने उपायका बारेमा केन्द्रित छ । यो अंकमा वैदेशिक रोजगार र व्यापार घाटाबीचको सम्बन्ध र व्यापार घाटा घटाएर उत्पादन बढाउने उपायबारे अर्थविद केशव आचार्यसँगको कुराकानी, किसानलाई आधुनिक औजार र अनुदान दिएर आन्तरिक रोजगारी बढाउने काम थालेको झापाको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीको भनाइ सुन्न सकिन्छ । साथै, गाउँघरका बाँझो खेतबारी हराभरा पार्ने सरल प्रविधि र उपायबारे नेपाल कृषी अनुसन्धान परिषद नार्कको बाह्य अनुसन्धान महाशाखाका प्रमुख डा. धुब्रराज भट्टराईका सुझाव पनि समावेश छ । दिदीबहिनीका कुरामा खेतिपाति र कुखुराबाख्रा पालेर मलेसियामा रहेका श्रीमानलाई घरखर्च चलाउन सहयोग गरिरहेकी झापाकी बिमला तामाङका कुरा समेटेका छौं । साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अप पनि ।