च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
बाँके – एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल बाँकेको खजुरा गाउँपालिका-४, डि गाउँकी प्रतिमाको शर्माको पढाईलाई पूर्णता दिन सहयोग संकलन गर्ने उद्धेश्यले प्रतिमा शर्मा सहयोग समिति गठन गरिएको छ ।
पूर्ण छात्रवृत्तिमा नाम निकालेको भएपनि प्रतिमाको पढाई सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण प्रतिमाको परिवारले सो रकम जम्मा गर्न नसक्ने भएपछि सहयोग समिति गठन गरिएको हो ।
प्रतिमाको सुरुको भर्नासमेत छिमेकीले ऋण लिएर गरिदिएका छन् । उनको उच्च मावि तह अध्ययन पूरा गरेको ऋण समेत तिर्न बाँकी छ । खजुरा गाउँपालिका वडा नम्बर-४ का अध्यक्ष तिलकवीर सुनारको संयोजकत्वमा समिति गठन भएको हो ।
सहयोगका लागि एनआईसी एसिया बैंकमा वडा अध्यक्ष सुनार र प्रतिमाकी आमा सितादेवी शर्माको नाममा रहेको खाता नम्बर बि १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने वडा अध्यक्ष सुनारले बताउनुभयो । ।
समितिको शनिबार बसेको बैठकमा ८० हजार रुपैयाँ संकलन भएको छ । यसअघि वडा अध्यक्ष सुनारको पहलमा संकलन भएको एकलाख ९१ हजार रुपिया प्रतिमालाई हस्तान्तरण भइसकेको छ ।
शुक्रबार खजुरा गाउँपालिका-१ का अध्यक्ष सुमन मल्लले प्रतिमाका अभिभावकलाई ३ महिनाको तलब ५९ हजार ४०० रुपिया सहयोग गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।