अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्...
मंसिर १३, २०८१ बिहिबार
बाँके – नेपालगञ्ज उप–महानगरपालिकामा सर्वसाधारणको प्रयोगका लागि घुम्ती शौचालय ल्याइएको छ ।
एकपटकमा आठजनाले प्रयोग गर्न मिल्ने चारवटा घुम्ती शौचालय खरिद गरी नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा ल्याइएको हो ।
उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले सार्वजनिक शौचालय नभएको ठाउँ र मानिसको बढी भिड हुने स्थानमा शौचालय राखिँने जानकारी दिनुभयो । उहाँले कार्यपालिकाले निर्णय गरेपछि मात्र शौचालय सञ्चालनमा आउने बताउनुभयो ।
एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत हिरिमिनियामा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरिरहेको कम्पनीले त्यसै आयोजना अन्तर्गत झण्डै ५९ लाख रुपैयाँमा घुम्ती शौचालय खरिद गरेर ल्याएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।