च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्गनेको ड्याम खोलिएको छ । मर्मतका लागि बिहान पौने ७ बजे ड्याम खोलिएको हो । आयोजनाको ड्याम खोल्दा आँखु खोलामा पानीको बहाव केही बढेको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
आँखुखोला बुढीगण्डकीमा र बुढीगण्डकी त्रिशूली नदीमा मिसिन्छ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेकाअनुसार विशेषगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, निलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकाको खोलाकिनारका बासिन्दालाई दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।