ईपीएस दोस्रो चरणको सीप परीक्षणमा पाँच हजार ७ सय ५३ जना पास

 बैशाख २९, २०८१ शनिबार ९:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल टेष्टको नतिजा सार्वजनिक गरेको हो ।

कार्यालयकाअनुसार दोस्रो चरणको लागि छनोट भएका छ हजार ३ सय २१ जनामध्ये पाँच हजार ७ सय ५३ जना पास भएका छन् । ४ सय ९८ जना फेल भएका र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ । सीप परीक्षणमा पास भएकाहरुको दक्षिण कोरियामा ईपीएस अन्तर्गतको रोष्टरमा सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम दर्ता गरिने कार्यालयले जनाएको छ ।

पास भएकाहरुको स्वास्थ्य परीक्षण पर्सि ३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुनेछ । त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ । यस्तै जेठ ५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने पनि शाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया