काठमाण्डौ महानगरको फोहोर बोक्ने गाडीका चालक रिहा

 जेठ ८, २०८१ मंगलबार ८:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकलाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका चार जना चालकलाई प्रहरीले रिहा गरेको महानगरपालिकाले जानकारी दिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा चालकहरू स–सम्मान रिहा भएका जानकारी दिनुभएको छ । साथै उहाँले आफ्ना कोही पनि  कर्मचारीलाई अनाहकमा अपमान गरेमा सैह्य नहुने चेतावनी पनि दिनुभएको छ ।

यसअघि प्रहरीले ती चालकलाई पक्राउ गरेपछि बालेनले उनीहरु नछुटेसम्म सिंहदरवार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बञ्चरेडाँडामा फोहोर लिएर गएका गाडीलाई अवरोध सिर्जना भएकाले समस्या आएको बताउनुभयो ।

फोहोर फाल्न अवरोध भएपछि मेयर शाहको निर्देशनमा फोहोर बोकेका गाडी माओवादी केन्द्रको पार्टी कार्यालय र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पठाएको र त्यसरी फोहोरका गाडी लैजाने गाडी चालकलाई प्रहरीले पक्राउ गरेको सार्वजनिक भएको थियो ।

 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया