फोर नेसन्स कपका लागि खेलाडी छनोट गर्न प्रशिक्षण शुरु गर्ने

 जेठ १७, २०८१ बिहीबार ६:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – लेबनानमा हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्ने भएको छ । त्यसका लागि अखिल नेपाल फुटबल सङ्घ ( एन्फा) ले ३० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

लेबनानमा यही जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप हुने बताइएको छ । यद्यपि प्रतियोगिताका सहभागी अन्य टोलीको जानकारी प्राप्त नभएको एन्फाको भनाई छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया