टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – बाग्मती प्रदेशको शहरी विकास तथा भवन कार्यालय हेटौँडाले सञ्चालन गरेका धेरैजसो बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बाग्मती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा छ ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भई चालु आर्थिक वर्ष २०८१/८१ मा सम्पन्न गर्ने गरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहलको ९९ प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ हेटौँडा अस्पताल भवनको काम पनि भइरहेको छ ।
शहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन चालु आर्थिक वर्षभित्रै सकिने गरी काम भइरहेको छ ।
चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्क, शिखर हरियालीको काम चालु आर्थिक वर्षभित्रै सकिने गरी काम अघि बढेको छ ।
त्यस्तै चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको काम चालु आवभित्रै सकिने गरी काम अघि बढेको छ ।
बहुवर्षीय योजनाका काममा विभिन्न कारणले बीचमा काममा केही ढिलाइ भएपनि सम्झौता अवधिभित्रै सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय हुँदै आएको कार्यालय प्रमुख अधिकारीले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।