नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ । हिजो एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाण्डौका बिभिन्न चोकमा खटाइएको थियो ।
उनीहरुलाई काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयंसेवकका रुपमा गाडी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जाँडरक्सी खाएर गाडी चलाउने, लेन मिच्ने, द्रुत गति, सङ्केत बत्तीको बेवास्ता लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने हरेकलाई एक घण्टा स्वयंसेवकका रुपमा सडकमा खटाइएको उहाँले बताउनुभयो ।
गृहमन्त्री रवि लामिछानेले अस्ति मङ्गलवार गणतन्त्र दिवसको दिन ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा खटिनु नपर्ने भन्दै उनीहरुको ठाउँमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।