आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार भन्दा धेरै मानिस प्रभावित हुने अनुमान छ ।
प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा धेरै मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । यसपालिको मनसुनमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले यसपालि सरदर भन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपालमा जेठ अन्तिमतिर मनसुन भित्रिने र असोज मध्यसम्म रहने गर्छ । यस अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान प्राधिकरणले गरेको छ ।
पानी धेरै पर्नु भनेको बाढी/पहिरो र डुवानका घटना बढ्नु हो । मनसुन अवधीमा बाढी, पहिरोलगायतको जोखिम बढ्ने भएकाले क्षति घटाउन तत्कालै उचित योजना बनाइ तयारीमा जुट्न विज्ञले आग्रह गर्दै आएका छन् । विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरिने प्राधिकरणले जनाएको छ ।
काठमाण्डौ, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राखिनेछ । हेलिकोप्टर परिचालन कमान्ड सेन्टरको नेतृत्व नेपाली सेनाले गर्नेछ । विपत् जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले स्पष्ट प्रतिकार्य योजना तयार पारी विपत्को सामना गर्नुपर्ने सुझावअनुसार काम थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।