नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – इलामको चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जीप बगाउँदा दुईजनाको ज्यान गएको छ । हिजो बेलुका रतुवा खोलामा एक्कासी बाढी आएको र बाढीले लु १ च ९४९१ नम्बरको जीप बगाउँदा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा माङ्सेबुङ गाउँपालिका–५ की सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका ३ वर्षीय छोरा निहाङ लिम्बु रहेका छन् । निरु लिम्बु घाइते हुनुहुन्छ । हाम फालेका चालकसहित तीन जनाको अवस्था सामान्य छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालकाअनुसार दुई जनाको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो । जीप इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकका लागि छुटेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।