आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – खोटाङमा सामुदायिक वनको साल र सल्लाका रुख काट्नेलाई जरिबाना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको देउले सामुदायिक वनबाट सालको ३७ वटा र सल्लाको दुई वटा रुख कटान गर्ने आठ जना स्थानीयवासी याेगेश राई, राजकुमार राई, धनकुमार राई, अनिस राई, बौधराम राई, बबिन्द्र राई, दइन्द्र भुजेल र टेम्माका जीवन राईलाई जरिबाना गरिएको हो ।
उनीहरूलाई ३७ हजार आठ सय ४० रुपैयाँ जरिबाना गरेको देउले सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । कल्चुडे आवादीदेखि दक्षिणतर्फको वनबाट अनुमति नलिई सालको ६३ दशमलव ५३ क्युबिक फिट र सल्लाको २० दशमलव २५ क्युबिक फिट काठ कटान गरेको पाइएको छ ।
समूहको विधानअनुसार जरिबाना गरिएको देउले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोष घिमिरेले बताउनुभयो । सामुदायिक वनबाट साल कटान भएको जानकारी आएपछि डिभिजन वन कार्यालयका अधिकृत छैटाैँ दीपेन्द्र मेहता र जनरल फरेस्ट्री विनोद गजमेरको टोली गएको जेठ १७ गते नापजाँच गरी सर्जमिन मुचुल्का तयार पारेर फर्किएको थियो ।
कल्चुडेमा भैँसी पालनका लागि गोठ बनाउने क्रममा उनीहरूले अनुमतिबिना सामुदायिक वनको साल र सल्ला ढालेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले सय वटा राँगा/भैँसी उपलब्ध गराउने आश्वासन दिएपछि गोठ बनाउन शुरु गरेको उनीहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।