केन्यामा विवादास्पद कर विधेयक फिर्ता हुने घोषणा

 असार १३, २०८१ बिहीबार ९:१३:१३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद कर विधेयक फिर्ता लिने घोषणा गर्नुभएको छ । कर वृद्धिको प्रावधान रहेको विवादास्पद विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा २२ जनाको ज्यान गएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

विवादास्पद कर विधेयकको विरोधमा देशभरबाट आक्रोशित नागरिकले विरोधमा प्रदर्शन गर्ने क्रममा केन्याको संसद् भवनको एक भाग पनि जलाएका थिए । प्रहरीले उनीहरुलाई रोक्ने क्रममा गोली चलाउँदा २२ जनाको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएका थिए ।

घटनापछि राष्ट्रपति रुटोले राष्ट्रका नाममा सम्बोधन गर्दै अब विधेयकमा हस्ताक्षर नगर्ने बताउनुभएको हो । नागरिकको विरोधका बाबजुद अस्ति मंगलवार विधेयक पारित भएको हो । राष्ट्रपतिको हस्ताक्षरपछि मात्र कानुन बन्ने प्रावधान छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया