पहिरोले कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध

 भदौ ४, २०८१ मंगलबार १०:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पहिरोका कारण कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध भएका छन् । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । बौदिकाली गाउँपालिका–३ जन्तीपहिरोमा गएराति पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

जन्तीपहिरोमा लेदोसहित पहिरो खसेको छ । तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । सडक अवरुद्ध हुँदा नारायणगढ–गैँडाकोट हुँदै नवलपरासी पूर्वका पहाडी क्षेत्र तथा पाल्पा, स्याङ्जाका लागि चल्ने गाडी चल्न सकेका छैनन् ।

यस्तै म्याग्दीको बेनी–दरबाङ सडक पनि अवरुद्ध छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरजसो पानी परेको र पहिरो पनि खसिरहेकाले निक्कै समस्या भएकोे सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले बताउनुभयो । यो सडकमा वर्खामा निरन्तरजसो पहिरो झर्ने गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया