रामेछाप : पहिरोमा हराइरहेका चारमध्ये एक जनाको शव फेला

 भदौ १०, २०८१ सोमबार १८:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्कमा शनिवार राति गएको पहिरोमा परी हराइरहेका चारमध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा परी बेपत्ता भएकी ७५ वर्षीया पुड्की पहरीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । पहिरोमा परी ५५ वर्षीय काले पहरी, ५० वर्षीया झ्याउँकिरी पहरी र २० वर्षीया विनीता पहरीको खोजी भइरहेको छ ।

पहिरोले चार वटा घर बगाउँदा ११ जना हराएका थिए । हराएकामध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । हराएकामध्ये हिजो ३२ वर्षीया चण्डिका थापा मगर र उहाँको १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षीय विज्ञान पहरीको शव भेटिएको थियो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया