उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरू

 भदौ १६, २०८१ आइतबार १८:३५:२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

डाेल्पा – डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गको शेल गुम्बामा बाह्रवर्षे ‘शे’ मेला शुरू भएको छ ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औं मेला शुरू भएको गाउँपालिकाका उपाध्यक्ष एवम् प्रचारप्रचार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो । हरेक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उहाँले बताउनुभयो ।

मेलाबाट सामाजिक एकता एवम् सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रचार हुने आयोजकले जनाएको छ ।

मेलामा सहभागी हुन पूर्वमन्त्री तथा डोल्पाका लागि सङ्घीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत, बौद्ध धर्मावलम्बीका प्रमुख लामालगायत व्यक्ति पुग्नुभएको छ । मेला चार दिनसम्म सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया