झाडापखालाका कारण बाँकेको नरैनापुरमा चार जनाको ज्यान गएको आशङ्का : पुष्टि हुन बाँकी

 भदौ १७, २०८१ सोमबार ८:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको ज्यान गएको आशङ्का गरिएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा झाडापखाला फैलिएको छ । गाउँमा केही बिरामी परेका छन् । बिरामीमध्ये चारजनाको ज्यान गए पनि झाडापखालाबाट ज्यान गएको भन्ने आधिकारीक पुष्टि हुन बाँकी नै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभएको छ ।

भारतीय सीमासँग जोडिएको गेगलीमा झाडापखालाका कारण १० जनाभन्दा धेरै बिरामी भएका छन् । त्यहाँ झाडापखाला फैलिएको जानकारीमा आएको तर झाडापखाला नै मुख्य कारण हो वा होइन भन्ने यकिन गर्न आज स्वास्थ्यकर्मीसहितको टोली खटिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले आफूलगायत स्वास्थ्यकर्मीसहितको विज्ञ टोली प्रभावित गाउँतर्फ जाँदै गरेको र त्यसपछि थप अनुसन्धान र अवस्था बुझेर आज बेलुकासम्म आधिकारीक जानकारी आउने उज्यालोलाई बताउनुभयो ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाह, स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोली यसअघि नै गाउँमा पुगेर बिरामीको उपचार थालिसकेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया