काभ्रेमा छुट्टाछुट्टै घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गयो

 भदौ १७, २०८१ सोमबार ९:२९:२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काभ्रेपलाञ्चोक – काभ्रेमा हिजो भएका दुई छुट्टाछुट्टै घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा गएराति ज्यान गएको छ । करेन्ट लागेर घाइते एक मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते वृद्धको उपचारका क्रममा ज्यान गएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

पनौती नगरपालिका–६ मा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरी धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ ढलमलेमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको नर्भिक अस्पताल काठमाण्डौमा उपचारका क्रममा गएराति ज्यान गएको हो । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया