चितवनमा हात्ती महोत्सवसँगै ‘मह उत्सव’
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।
प्रदर्शनी आजदेखि तीन दिनसम्म हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा धेरै स्टल रहेका छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवम् नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीको स्टल रहेका छन् ।
यस्तै प्रदर्शनीमा वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहेका छन् । प्रदर्शनी मडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
यसैबीच उद्घाटन समारोहमा बोल्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा आर्थिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको दाबी गर्नुभयो । उहाँले अहिले दुई ठूला राजनीतिक दलको सरकार रहेको भन्दै यसले विश्वासको वातावरण बनेको बताउनुभयो । उहाँले देशको लक्ष्य आउँदो १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको भन्दै यसमा निजी क्षेत्रले साथ दिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।