मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो

 पुष ११, २०८१ बिहीबार ९:३२:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । राजधानीमा रहेको एउटा जेलमा रहेका कैदीहरु भाग्न खोजेपछि झडप भएको बीबीसीले जनाएको छ ।

झडपपछि एक हजार पाँच सय भन्दा धेरै कैदीहरु भागेका छन् । भागेका मध्ये एक सय ५० जनालाई पुनः पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मोजाम्बिकमा गएको अक्टोबरको भएको विवादित चुनावलाई लिएर प्रदर्शनहरु भइरहेका छन् । गएको सोमवार मोजाम्बिकको सर्वोच्च अदालतले सन् १९७५ देखि सत्तामा रहेको फ्रेलिमो पार्टीले अक्टोबरको राष्ट्रपतीय चुनाव जितेको पुष्टि गरेपछि विपक्षीको प्रदर्शन झनै बढेको छ ।

प्रहरीले जेलभित्र भएको झडप पनि बाहिर भइरहेको राजनीतिक अशान्तिसँग सम्बन्धित रहेको बताएको छ । प्रदर्शनकारीहरु जेल परिसरमा पुगेपछि भित्र रहेका कैदीहरुले जेलको भित्ता भत्काएर भाग्न खोजेका थिए ।   
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया