चितवनमा हात्ती महोत्सवसँगै ‘मह उत्सव’
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने सुविधा दिने निर्णय गरेको हो ।
उद्योगी–व्यवसायीले चाडपर्वमा अभाव सिर्जना गराई चिनीमा मनोमानी मूल्य लिने सम्भावना देखिएपछि भन्सार छुट दिएर आयात गर्ने निर्णय भएको सरकारले जनाएको छ । अब चाडपर्वमा चिनीको अभाव नहुने र महँगो पनि नपर्ने सरकारले दाबी गरेको छ ।
चिनी आयातमा अहिले ३० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ । सरकारले दुवै संस्थालाई १५–१५ हजार टनका दरले चिनी आयात गर्ने कोटा दिएको छ । दशैँ र तिहारका लागि मात्र २५ हजार टन चिनी आवश्यक पर्ने अनुमान सरकारको छ ।
दुवै संस्थाले कोटाअनुसार चिनी आयात गरेमा बजारमा अभाव नहुने सरकारको भनाइ छ । बजारमा अहिले चिनीको भाउ महँगिएको छ । केही हप्ताअघिसम्म किलोको ९० रुपैयाँ रुपैयाँ पाइने चिनीको भाउ अहिले एक सय २० रुपैयाँसम्म पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।