शरद् ऋतुमा हिमाल आराेहणका लागि अहिलेसम्म ३ सय २९ जनाले अनुमति लिए

 भदौ २६, २०८१ बुधबार १८:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म तीन सय २९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि अहिलेसम्म ३२ वटा समूहका दुई सय ४६ पुरुष र ८३ महिला गरी तीन सय २९ जनाले अनुमति लिएका हुन् ।

सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणका लागि दुई सय ९० जनाले अनुमति लिएका छन् । यस्तै पुथा हिउँचुली आरोहणका लागि नौ जना, अन्नपूर्ण–चारका लागि पाँच, थाकर गो इस्टका लागि चार, धौलागिरि प्रथमका लागि १४, फुङ्गीका लागि पाँच र कुम्भकर्ण हिमाल आरोहणका लागि दुई जनाले अनुमति लिएका विभागले जनाएको छ ।

यस्तै हिमाल आरोहणका लागि अनुमति लिनेहरूबाट अहिलेसम्म तीन करोड ७४ लाख ४३ हजार नौ सय पाँच रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

अघिल्ला वर्षमा झैं यो वर्ष पनि मनास्लु हिमाल आरोहणमा आरोहीको आकर्षण देखिएको छ । शरद् ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया