अख्तियारद्वारा पहिलो पटक सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

 भदौ २८, २०८१ शुक्रबार ६:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गैरकानुनी धनआर्जन गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपटक सार्वजनिक पद धारण गरेका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई मुख्य अभियुक्त र उनकी आमा जनक नन्दनी भट्टराईलाई मतियारका रुपमा प्रतिवादी बनाएर १ करोड ८५ लाख रुपैयाँ बिगो कायम गरी हिजो विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । यो मुद्दा जिल्लामा दर्ता हुने कानुनी व्यवस्था छ ।

यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो । पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो । भट्टराईले ८० लाख रुपैयाँ रकम घुस लिएको सम्बन्धी कसुरमा यसअघि नै मुद्दा दायर भएकोमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका थिए ।

थप अनुसन्धान गर्दा भट्टराईले कोषको ठेक्कापट्टा लगाउँदा अरु १ करोड ५ लाख रुपैयाँ पनि घुस वापत लिएर आमाका नाममा जग्गा किनेको भेटिएको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया