ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथिको प्रतिबन्ध हट्यो
असोज २४, २०८१ बिहिबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।
चेल्सीले बर्नमाउथलाई १–० गोलले हरायो । चेल्सीका लागि क्रिस्टाेफर एनकुन्कुले गाेल गरे । याे जीतसँगै चेल्सी ४ खेलमा ७ अङ्कसहित तालिकाकाे साताैं स्थानमा छ । बर्नमाउथ ४ खेलमा ५ अङ्कसहित ११ औं स्थानमा छ ।
यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफाेर्डलाई २–१ गाेलले हरायाे । सिटीका लागि एर्लिङ हाल्यान्डले दुई गाेल गरे । ब्रेन्टपाेर्डका याेएस वेइसाले गाेल गरे । लगातार चाैथाे जीतसहित सिटी १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा ५ । ब्रेन्टफाेर्ड ४ खेलमा ६ अङ्कसहित नवाैं स्थानमा ५ ।
यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले साउथ्याम्पटनलाई ३–० गाेलले हरायाे । युनाइटेडका लागि म्याथेस डी लिग्ट, मार्कस रशफाेर्ड र एलेजान्ड्राे गर्नाचाेले गाेल गरे । याे जीतसहित युनाइटेड ४ खेलमा ६ अङ्कसहित तालिकाकाे १० औं स्थानमा छ ।
यस्तै नटिङघम फरेस्टले लिभरपुललाई १–० गाेलले हरायाे । नटिङघमका लागि कालम हड्सन ओडीले गाेल गरे । याे जीतसहित नटिङघम ४ खेलमा ८ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा छ । लिभरपुल ४ खेलमा ९ अङ्कसहित दाेस्राे स्थानमा छ ।
यस्तै एस्टन भिल्लाले एभर्टनलाई ३–२ गोलले हरायाे । अन्य खेलमा फुलहम र वेस्ट ह्यामले १/१ गोलको, क्रिस्टल प्यालेस र लेस्टर सिटीले २/२ गोलको तथा ब्राइटन र ईपस्वीच टाउनले गोलरहित बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।