चितवनमा हात्ती महोत्सवसँगै ‘मह उत्सव’
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको ज्यान गएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
यसपालि गएको वर्षको भन्दा सङ्क्रमण घटेको भए पनि ज्यान गुमाउने दर उच्च देखिएको हो । अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको ज्यान गएको थियो ।
नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्मलाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको समय मानिन्छ । जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।
सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे शुरूमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ । जापानिज इन्सेफलाइटिस भाइरस पनि डेङ्गी, येलो फिभर र वेस्ट नाइल भाइरसहरूको वर्गमै पर्छ ।
उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु यो रोगका लक्षण हुन् । यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ । धेरैजसो १५ वर्षमुनिका बालबालिकामा यो रोग देखिन्छ ।
सरकारले सन् २०१६ देखि नै १२ महिना उमेरका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप निःशुल्क लगाउने गरेको छ । खोप लगाएमा इन्सेफ्लाइटिसको सङ्क्रमण भइहालेमा पनि जटिलता र मृत्यु नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँले आफ्ना बालबालिकालाई नछुटाई खोप लगाउन पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।