इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – होटल तथा रेस्टुरेन्टमा पनि खाद्य र पेय पदार्थ अधिकतम खुद्रा मूल्य (एमआरपी) मै बिक्री गर्न बाध्य पारिएको भन्दै होटल सङ्घ नेपाल र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले असन्तुष्टि जनाएका छन् ।
होटल तथा रेस्टुरेन्ट व्यवसायमा भाडा, बिजुली, पानी, स्वास्थ्य सुरक्षा, कर्मचारीलगायत ठूला ब्रान्डका अन्तर्राष्ट्रिय प्रचलनअनुसार पाँच तारे डिलक्स लगायतका स्तरअनुसार नेपाल सरकारको मापदण्ड पूरा गर्नुपर्दा हुने 'ओभरहेड' खर्च नै बढी हुने भएको हुँदा एमआरपीमा खाद्य तथा पेय पदार्थ उपलब्ध गराउँदा व्यवसाय सञ्चालन हुन नसक्ने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
विश्वव्यापी प्रचलनअनुसार मुनाफा राखेर खाद्य तथा पेय पदार्थ बिक्री वितरण गर्न पाउने नैसर्गिक अधिकार हुने गरी अहिले वाणिज्य विभागले अनुगमन गरिरहेको सङ्घका महासचिव तथा प्रवक्ता साजन शाक्यले बताउनुभएको छ । उहाँले एमआरपीमा तोकिएकै मूल्यमा बिक्री/वितरण गर्दा कुनै पनि व्यवसाय सञ्चालन हुन नसक्ने पनि जिकिर गर्नुभयो ।
‘होटल तथा रेस्टुरेन्ट भनेको ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गरी व्यवसाय गर्ने संस्था/प्रतिष्ठान हो । यसले आफ्नो व्यवसाय गर्दा आफूले प्रदान गर्ने सेवाको मूल्यसूची तोकी मेन्यु बनाई ग्राहकलाई पूर्वजानकारी दिने हुँदा त्यसरी दिएको सेवामा उपभोक्ता संरक्षण ऐन २०७५ को कुनै दफा उल्लङ्घन हुँदैन’, उहाँले भन्नुभयाे ।
साथै सहासचिव शाक्यले नियमानुसार सरकारी अनुगमन तथा कारबाही वर्षैभरि हुनुपर्ने भए पनि अहिलेकाे अनुगमन खासगरी दशैँ–तिहार लक्षित रहने गरेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।