देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – बाढीपहिरोले अवरुद्ध भएका धेरै सडक खण्ड सञ्चालनमा आए पनि अझै केही सडक सञ्चालनमा आउन सकेका छैनन् । काठमाण्डौ उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नौबिसे–नारायणगढ खुलेको छ । यो खण्डका ठाउँठाउँमा खसेको पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।
वीपी राजमार्गको भकुन्डेबेसी–नेपालथोक सडक खण्ड खुलेको छैन । यो खण्डको विभिन्न ठाउँमा करिब दुई किलोमिटर सडक भत्किएको छ । बर्दिबास–नेपालथोक खण्डमा भने यातायात खुलेको छ । धुलिखेलबाट–भकुन्डेबेसीतर्फ २१ किलोमिटर सडक खुलेको छ । भकुन्डेबेसी–नेपालथोक खण्डमा भने सडक खुल्न केही समय लाग्ने सडक विभागले जनाएको छ ।
यस्तै कान्ति लोकपथ अन्तर्गत हेटौँडा–काठमाण्डौ सडक खुल्न पनि समय लाग्ने भएको छ । दक्षिणकाली–सिस्नेरी, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध छ । धनकुटाको राँके भेडेटार सडक पनि खुलेको छैन । मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुर्कोट अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।
सरकारले पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउनेगरी काम भइरहेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।