उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सिरहा – समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरीमाना गरिएको छ । ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले जरीमाना गरेकाे हाे ।
लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले हिजो बजार अनुगमन गरेको थियो ।
अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं रुपैयाँ बराबरको म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ । त्यस्तै ऋषिजल पानी कम्पनीले 'मिनरल वाटर' को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।
संविधानले बजार अनुमगन र व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।