राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी...
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो ।
केही दिनदेखि न्यूनतम तापक्रम घट्न थालेको छ । यससँगै चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ ।
काठमाण्डौमा आज अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।