तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै पुगेको छ ।
गएको वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशतले वृद्धि भई अहिले १६ हजार सात सय ४२ जना नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययन गरिरहेका काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ । गएको वर्ष १५ हजार ९० जना विद्यार्थी अमेरिकामा अध्ययनरत थिए ।
नेपाली विद्यार्थीहरू अहिले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेका ‘ओपन डोर्स रिपोर्ट’ २०२४ लाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।
शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिकामा संसारभरबाट ११ लाख जनाभन्दा धेरै विद्यार्थी पुगेका छन् । शैक्षिक वर्ष २०२३/२०२४ का लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतका छन् । 'ओपन डोर्स रिपोर्ट' २०२४ अनुसार अमेरिकामा भारतका तीन लाख ३१ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । यस्तै दोस्रो स्थानमा रहेको चीनका दुई लाख ७७ हजार र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाका ४३ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
योसँगै शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि शीर्ष गन्तव्य बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।