जय ट्रफी एलिट कपमा आर्मी र बाग्मतीबीचकाे खेल बराबरी
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – इङ्गिलस प्रिमियर लिग (इपीएल) मा साविक विजेता म्यानचेस्टर सीटी टोटनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर सीटी घरेलु मैदानमै टोटनह्यामसँग ४–० गोलले पराजित भएको हो ।
यस्तै गएराति नै भएको खेलमा लेस्टर सीटीलाई हराउँदै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेस्टरलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो । जीतसँगै चेल्सी तेस्रो स्थानमा उक्लिनुको साथै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीसँगको अङ्क दुरी घटाएको छ । म्यानचेस्टर सीटीको १२ खेलमा २३ अङ्क र चेल्सीको १२ खेलमा २२ अङ्क भएको छ ।
यस्तै आर्सनलले नटिङ्घम फोरेस्टलाई ३–० गोलले पराजित गरेको छ । १२ खेलमा २२ अङ्क बनाएको आर्सनल तालिकाको चौथो स्थानमा छ । लिभरपुल शीर्ष स्थानमा कायमै छ ।
यस्तै इपीएलअन्तर्गत गएराति भएका खेलमा ब्राइटनले बर्नमाउथलाई २–१ गोलले पराजित गरेको छ । उल्भ्सले फुलहमलाई ४–१ गोलले हरायो । क्रिस्टल प्यालेस र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । एभर्टन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँढेका छन् । इपीएलमा आज साउथहेमटन र लिभरपुल तथा स्पीचटाउन र म्यानचेस्टर युनाईटेड खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।