जय ट्रफी एलिट कपमा आर्मी र बाग्मतीबीचकाे खेल बराबरी
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – जलवायु परिवर्तनसँग जुध्न विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वर्षेनि तीन सय विलियन अमेरिकी डलर (नेपाली रुपैयाँ चार सय पाँच खर्बभन्दा बढी) सहयोग गर्ने सहमति गरेका छन् । अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देहरुले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमति गरेका हुन् । यसअघि हिजो दुई सय ५० बिलियन डलर मात्रै दिने मस्यौदा सार्वजनिक भएपछि सम्मेलन स्थलमै गरिब देशहरुले प्रदर्शन गरेका थिए ।
गरिब देशहरुको दबाबपछि ३३ घण्टासम्म चलेको वार्तामा धनी देशहरुले तीन सय डलरमा सहमती गरेका बीबीसीले जनाएको छ । यो कोषमा धनी देशका सरकारले प्रत्यक्ष भुक्तानी नगरी सार्वजनिक र निजी स्रोतहरु समावेश छन् । यो कोष सही रूपमा परिचालन भएमा नेपाल जस्ता विकाशिल देशहरु लाभान्वित हुने छन् । यसअघि धनी देशहरुले हरेक वर्ष एक अर्ब डलर जलवायु कोषमा उपलब्ध गराउने सहमती गरेकामा त्यसको उचित परिचालन नभएको भन्दै आलोचना भइरहेको छ ।
यस्तै बाकु सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने विश्वव्यापी बजारका नियमहरूमा पनि सहमति भएको छ । यसबाट विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न मद्दत गर्ने नयाँ परियोजनाहरूमा थप लगानी जुटाउन सक्ने अपेक्षा छ ।
यस्तै कोप २९ को प्रतिवेदनमा नेपालले महत्वको साथ उठाएको पर्वतीय मुद्दा कोपको प्रतिवेदनमा परेको वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
यसैबीच गएको वर्षको कोपमा सहमति भएको जीवाष्म इन्धनको प्रयोगलाई कम गर्ने सहमतीमा सम्झौता गर्न भने कोपा २९ असफल भएको छ । यो विषय आउँदो वर्षको कोप सम्मका लागि स्थगित भएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।