साउनयता ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार

 मंसिर ९, २०८१ आइतबार ९:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गएको साउनयता दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत उनीहरुको उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले ती गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत पालिकासँग सडक बालबालिकाको तथ्याङ्क पनि माग गरेको छ । विभिन्न १० वटा पालिकाबाट ५६ जना सडक बालबालिकाको तथ्याङ्क आएकोमा राष्ट्रिय बालअधिकार परिषद्मार्फत पुनःस्थापना संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाएको छ ।

गएको असार ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आउँदो २०८२ साल असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत सरोकारवाला र पालिकासँग समन्वय र सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ । साउनयता एक हजार छ सय ८१ हराएका बालबालिकामध्ये एक हजार चार सय ४६ जना फेला पारी पारिवारिक पुनर्मिलन गरिएको मन्त्री सुडीले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया