नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा

 मंसिर १६, २०८१ आइतबार १२:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाललाई हराउँदै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुल्तानमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १० विकेटले हरायो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले पाँच ओभर तीन बलमा एक विकेट पनि नगुमाई भेटायो । पाकिस्तानका कमरन अख्तरले ६३ र बाबर अलीले २८ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर ९४ रन बनायो । नेपालका दुर्गादत्त पौडेलले ४० रन बनाए । पाकिस्तानका मती उल्लाहले तीन विकेट लिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनमा दिउँसो १ बजे बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । सन् २०१२ देखि नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया