तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् ।
काठमाण्डौमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो । दूतावासका अनुसार अप्रिल महिनाका आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने ‘मे’ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ ।
यस्तै ‘जुन’ का आवेदन १७ अप्रिल बिहान ८ बजे र ‘जुलाई’ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावासले जनाएको छ । दूतावासले आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।
विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जानकारीका लागि दूतावासकाे याे लिङ्कमा गएर हेर्न सकिने दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।