यू–१९ महिला एशिया कप : नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द

 पुष २, २०८१ मंगलबार १५:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिकाे महिला एशिया कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ ।

नेपालले दिएकाे ९५ रनकाे लक्ष्य पछ्याइरहेकाे अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई २८ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भएकाे हाे । खेल रद्द भएसँगै नेपाल र भारतले १/१ अङ्क बाँडेका छन् । याेसँगै भारत समूह 'ए' काे विजेता बनेकाे छ भने नेपाल उपविजेता बनेकाे छ ।

यसअघि मलेसियाकाे क्वालालम्पुरमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे । नेपालकी कप्तान पूजा महताेले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसाेदियाले ४ विकेट लिइन् ।

नेपालले समूह चरणकाे पहिलाे खेलमा हिजाे पाकिस्तानलाई हराउँदै 'सुपर–४' मा प्रवेश गरिसकेकाे छ । भारत पनि पाकिस्तानलाई हराउँदै 'सुपर–४' मा पुगिसकेकाे छ ।

विश्वकपमा छनोट भएकाे नेपाली टोली १९ वर्षमुनिकाे एशिया कपमा स्वत: छनोट भएको हो । १९ वर्षमुनिकाे महिला विश्वकप आउँदाे वर्षकाे जनवरीमा मलेसियामा नै आयाेजना हुँदैछ । महिला एशिया कप पहिलाे पटक आयाेजना भइरहेकाे हाे ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया