इन्डाेस्काेपीपछि प्रधानमन्त्री ओली आराम गर्दै, अवस्था सामान्य
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उत्पादन बढाउने योजना तीन दिनभित्र पेश गर्न सिंहदरबार वैद्यखाना नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
आज आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे सिंहदरबार वैद्यखानाको अनुमगन गर्दै स्वास्थ्यमन्त्री पौडेलले उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थाल्नुभएको हो ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा जानुभएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरूपमा सुनिएका गुनासा समाधान गर्नसमेत कर्मचारीहरूको ध्यानाकर्षण गराउनुभएको छ । जति धेरै औषधि उत्पादन भए पनि बजारमा बिक्री हुने भन्दै उहाँले काममा देखिने गरी परिवर्तन ल्याउन निर्देशन दिनुभयो ।
कर्मचारीहरूले स्राेत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट विनियोजन गरेको प्रसङ्ग निकाल्दै सार्वजनिक संस्थानहरूलाई पूँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउनकै लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पार्नुभयो ।
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।