रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

 पुष ४, २०८१ बिहीबार १४:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बोलाएर रवि लामिछानेकाे तस्वीर सार्वजनिक भएकाे विषयमा छानबिन गरेर सार्वजनिक गर्ने जाेसुकै भए पनि कारबारी गर्न निर्देशन दिनुभएको हो । आईजीपी कुँवरले यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि बताउनुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीर लामिछानेकै भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले जनाएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा 'भाइरल' भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछानेजस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ । रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

तर रास्वपा समर्थक डा. निकोलस भुसालले तस्वीर आफूले खिचेको दाबी गर्नुभएको छ । उहाँले फेसबुक लाइभमा आएर, आफूले कुनै गलत नियतले नभई सफा नियतले फोटो खिचेको बताउनुभएको हो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया