उत्पादन बढाउने योजना तीन दिनभित्र पेश गर्न सिंहदरबार वैद्यखान...
पुस ४, २०८१ बिहिबार
लुम्बिनी – लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको छ । लुम्बिनी होटल सङ्घ र विहार सञ्चालकबीच हिजो आठ बुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।
लुम्बिनी विकास कोषको पहलमा लुम्बिनी होटल सङ्घ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको संलग्नतामा होटल र विहारका विषयमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१’ बनाइएको थियो ।
सांसद वासुदेव घिमिरेको उपस्थितिमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बामा तीर्थयात्रीलाई होटलमा जस्तै सुविधा दिइएकोजस्ता विषयलाई लिएर ती दुई निकायका बीचमा विवाद हुँदै आएको थियो ।
होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।
कार्यविधिले गुम्बा विहारमा निश्चित सङ्ख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादातालाई मात्रै राख्ने र होटल व्यवसायीले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।