हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्छाैँ : कास्की प्रहरी

 पुष ४, २०८१ बिहीबार १४:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कास्की प्रहरीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ ।

आज विज्ञप्ति निकाल्दै जिल्ला प्रहरी कार्यालय कास्कीले डाक्टर निकोलस भुसालको फेसबुकबाट लामिछानेकाे तस्वीर सार्वजनिक भएको र यसले अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने भएकाले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीको अनुरोध छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा 'भाइरल' भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया