कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको 'सुपर–फोर' मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो ।
मलेसियाको क्वालालम्पुरमा श्रीलङ्काले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा खेलमा वर्षा बाधक बनेको हो । नेपालकी कप्तान पूजा महतोले १ विकेट लिइन् । टस जितेर नेपालले बलिङ रोजेको थियो । यो बराबरीसँगै नेपालले श्रीलङ्काले १/१ अङ्क बाँडेका छन् ।
यस्तै 'सुपर–फोर' अन्तर्गत आज भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेटायो ।
नेपालले 'सुपर–फोर' को दोस्रो खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको समूह 'ए' बाट भारत र नेपाल तथा समूह 'बी' बाट बङ्गलादेश र श्रीलङ्का 'सुपर–फोर' मा पुगेका हुन् । 'सुपर–फाेर' मा शीर्ष दुईमा रहने टाेली फाइनलमा पुग्नेछन् । महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।