राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
पुस १७, २०८१ बुधबार
काठमण्डौ – यस वर्षको हिउँदमा भित्रिएको दोस्रो पीश्चम न्युनचापीय प्रणाली निष्क्रिय भएको छ । अस्ति शुक्रवार राति पश्चिम नेपालबाट भित्रिएको प्रणाली आज बिहानदेखि निष्कृय भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् संजीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब तत्काल केही पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली र छिटपुट वर्षाबाहेक तत्काल पानी पर्ने वा हिउँपात हुने सम्भावना छैन ।
शुक्रवार भित्रिएको प्रणालीले पनि अनुमानभन्दा कमै वर्ष तथा हिमपात भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा राम्रै वर्षा भए पनि गण्डकी लगायतका प्रदेशमा छिटपुट बाहेक वर्षा भएन । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने राम्रो वर्षा र हिमपात भएको छ ।
यसैबीच भोलि बिहान पहाडी र हिमाली क्षेत्रमा चिसो थप बढ्ने सक्ने मौसमविद् संजीव अधिकारीले जानकारी दिनुभयो । यसअघि राती बादल लागेकोमा आज राति मौसम खुल्ने र यसले गर्दा न्यूनतम तापक्रम घटेर भोलि बिहान चिसो बढ्ने सम्भावना धेरै रहेको उहाँले बताउनुभयो । बदली र वर्षाले वायु प्रदूषण कम गराएकोले पनि भोलि बिहान चिसो बढ्ने सम्भावना रहन्छ । तर अधिकतम तापक्रम भने बढ्ने सम्भावना रहेको मौसमविद् संजीव अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।